कांग्रेसले गुल्मीका ६ ज्येष्ठ राजनीतिज्ञलाई सम्झ्यो

रिपोर्ट नेपाल | 2020 Jul 30 | 01:13 pm 3389

काठमाडौं, साउन १५ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञलाई सम्मान गर्दै ४ सय ७९ जनालाई सदस्य पदमा मनोनयन गरेका छन् ।

पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम ज्येष्ठ राजनीतिज्ञ सभामा सभापति देउवाले पूर्वसभामुख तारानाथ रानाभाट, दमननाथ ढुङ्गाना लगायत ७७ वटै जिल्लाका ज्येष्ठ राजनीतिज्ञलाई मनोनित गरेको नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

सभापति देउवाकै नेतृत्वमा रहने राजनीतिज्ञ सभामा गुल्मी जिल्लाबाट ६ जना मनोनित भएका छन् । जसमा रेसुङ्गा बहुमुखी क्याम्पस तमघासका पूर्व क्याम्पस प्रमुख तथा समाजसेवी शशी पन्थी, हीरामणी सापकोटा , पार्टीका पूर्व जिल्ला सभापति सुरेशचन्द्र भुसाल, २००७ साल चैत २६ गने मातृकाप्रसाद कोइरालाबाट सदस्यता ग्रहण गरेका मथुराप्रसाद श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तथा बरिष्ठ समाजसेवी रुद्रबहादुर भुजेल र पार्टीका पुराना नेता तथा समाजसेवी चक्रबहादुर कुँवर मनोनित भएकोमा गुल्मी कांग्रेसका पूर्व सभापति त्रैलोक्य प्रताप सेनले खुशी व्यक्त गरेका छन् ।

त्यसैगरी जिल्ला सभापति भुवन श्रेष्ठले मनोनित प्रति खुशी व्यक्त गर्दै अझै केही अग्रज राजनीतिज्ञ छुटेको प्रतिकृया दिएका छन् ।

जिल्ला सचिव तथा युवा जुझारु नेता खिलध्वज पन्थीले राजनीतिज्ञ सभा विभाग जस्तो नभएर स्वयम् केन्द्रीय सभापतिको नेतृत्वको समिति भएकोले महत्वपूर्ण र सम्मानजनक समिति भएको बताउँदै ढिला भए पनि अग्रजहरुको सम्मान भएकोमा खुशी व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.