काठमाडौं, माघ ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक माघ ११ गते सम्मका लागि स्थगित स्थगित गरिएको छ।
पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताल खारेज गर्न लागेको भन्दै मंगलबार बोलाइएको तेस्रो बैठक पनि अवरुद्ध भएकाे हाे । आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको छ ।
संसदको मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताए । लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गर्न गएका हुन् ।
सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै आआफ्नो ठाउँमा बस्न सांसदहरुलाई आग्रह गरे । तर उनीहरुले रोष्टम नछाडेपछि संसदको कारबाही अघि बढ्ने बताए ।
काँग्रेस सांसदहरुलाई आफ्नो आसनमा बस्न बारम्बार आग्रह गरेका थिए । सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि वैठक स्थगित गरेका थिए । तर अवरुद्ध संसद वैठक पुनः चालु हुने अवस्था नदेखिएपछि माघ ११ गते सम्मका लागि स्थगित गरिएको छ ।