कांग्रेसको विधान मस्यौदा समितिको बैठक सम्पन्न

| 2018 Aug 24 | 12:16 pm 3154

काठमाडौं, भदौ ८: भावी महासमितिको बैठकमा प्रस्तुत हुने विधान निर्माणका लागि गठित नेपाली कांग्रेसको विधान मस्यौदा समितिको पहिलो बैठक शुक्रबार बसेको छ।

बैठकले दस्तावेजलाई व्यवस्थीत गर्नका लागि पार्टीका कार्यालय सचिव केशब रिजाललाई सदस्य सचिवमा नियुक्त गरेको मस्यौदा समितिकी सदस्य डिना उपाध्यायले बताएकी छन् ।

बैठकमा पार्टीको बिधान संशोधन प्रकृया अगाडि बढाउने बिषयमा छलपफल भएको छ। पार्टीलाई संघीय संरचना अनुसार पार्टीको विधान संशोधन र परिमार्जनका लागि महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा हिजो मात्रै मस्यौदा समितति गठन गरिएको थियो।

सभापति शेरबहादुर देउवाले विधानको धारा २४ (८) बमोजिम महामन्त्री खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.