कांग्रेसको महासमिति बैठकमा विधान मस्यौदा प्रस्तुत

| 2018 Dec 22 | 04:47 pm 1351

काठमाडौं, पुस ७ : नेपाली कांग्रेसको महासमिति बैठकमा विधान मस्यौदा प्रस्तुत भएको छ । बैठकको आठौँ दिनमा महामन्त्री पूर्णबहादुर खड्काले भर्खरै विधान बैठकमा प्रस्तुत गरेका हुन्।

नेताहरूबिच पदाधिकारीको सङ्ख्या र त्यसको निर्वाचन पद्धतिलाई लिएर लामो समयसम्म चलेको रस्साकस्सीका कारण विधानको मस्यौदा प्रस्तुत गर्न ढिलाइ भएको हो ।

१४ पदाधिकारी सहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने र कोषाध्यक्ष बाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था राख्नेमा शुक्रवार सहमति जुटेको थियो । उक्त सहमतिलाई केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रूपमा पारित भएपछि महासमिति बैठक प्रस्तुत भएको हो ।

महामन्त्री खड्काले विधान प्रस्तुत गरेपछि त्यसमाथि छलफल भइरहेको छ । छलफल सकिएपछि शनिवार राति या आइतबार बिहान बैठक सम्पन्न गर्ने तयारीमा नेताहरू पुगेका छन् ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.