कांग्रेसको जनसम्पर्क समितिको भूमिकाबारे लैनचौरमा छलफल

रिपोर्ट नेपाल | 2018 Dec 22 | 09:17 am 1553

काठमाडौं, पुस ७ : नेपाली काँग्रेसको जनसम्पर्क समितिका शुभचिन्तकहरुको भूमिकाबारे लैनचौरमा छलफल र भेला गरिएको छ।

नेपाली कांग्रेस महासमिती बैठकमा विभिन्‍न देशहरुबाट काठमाडौं आएका र उपलब्ध नेपाली जनसम्पर्क समितीका सभापति तथा महासमिती सदस्य, एनआरएन साथीहरुको भेटघाट तथा छलफलबाट साझा अवधारणा तयार गरी महासमितीमा प्रस्तावको रुपमा पेश गर्ने निर्णयका साथ पार्टी सभापती तथा पदाधिकारीहरुलाई बुझाउने निर्णय गरेको छ।

पार्टी नेताहरु आफुखुशी र निजि काममा विदेश जाँदा पनि नेपाली जनसम्पर्क समितीलाई दिनहुँ जसो एयरपोर्टदेखि होटेल र सपिङसम्म ब्यस्त राखेर नेताप्रति नै वितृष्णा जगाउने काम रोक्ने विषयमा छलफल भएको छ।

पार्टी, तरुण र विद्यार्थीको नाममा समानान्तर समिती खोल्नेदेखि नेताको निजि भ्रमणमा सहभागी हुन नेपाली काँग्रेसका नेताकार्यकर्ताद्वारा अनावश्यक खर्च गराउने र पद बेच्‍ने प्रवृत्तिविरुद्ध महासमितीमा छलफल गरिने बताइएको छ।

वैकल्पिक युवा नेताद्वारा यसैगरी शुभचिन्तकहरुबिच चियापान कार्यक्रममा पूर्वमन्त्री, सभासद लगायत प्रवासी अतिथि पनि सहभागी थिए। कार्यक्रममा नेपालको राजनीतिक अवस्था र विदेशमा बस्‍ने ५० लाख नेपाली मतदाताहरुको हक, हित सम्बन्धमा पार्टीको भूमिकाकाबारे समेत सुझावलाई लिपिबद्ध गरिएको छ।

अब खाडी राष्ट्र, भारत, चीन, एशियाली राष्ट्र अनि युरोप-अमेरिकामा बेग्लाबेग्लै खालको रणनीति बनाउन नेपाली काँग्रेसको संगठन विस्तार तथा प्रवासी संगठनले खेल्नुपर्ने भूमिकाकाबारे एनआरएनले पनि आफ्नो धारणा राखेका थिए।

कार्यक्रमको संयोजन गरेका ”सम्पन्न नागरिक र समृद्द लोकतान्त्रिक नेपालको लागि सुदृढ नेपाली कांग्रेस” अभियानमा माहासिमितको सदस्यहरुबाट महासिमित बैठकमा आर्थिक, राजनीतिक र विधान सम्बन्धी प्रस्ताव दर्ता गर्नेहरु प्रदेस १ बाट सुभाष पोखरेल, प्रदेस २ बाट रंजित कर्ण, प्रदेस ३ बाट रमेशकुमार महत, विनोद कायस्थ, विनिता अिधकारी, प्रदेस ४ नमराज गुरुङ, प्रदेस ५ बाट निरंजन सिजापती, प्रदेस ६ बाट राजिव विक्रम शाह, प्रदेस ७ भरत वहादुर खड्का रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.