कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरू

| 2018 Nov 06 | 03:54 pm 1480

काठमाडौँ, २० कात्तिक : करिब साढे तीन घण्टा ढिलो गरी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित पार्टी कार्यलयमा शुरु भएको छ। अपराह्न १ बजेबाट शुरु हुने भनिएको बैठक आन्तरिक सहमति जुटाउनका लागि पार्टी नेताहरूको छुट्टाछुट्टै छलफलमा व्यस्त भएका कारण ढिलो गरी शुरु भएको हो।

बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनसमेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल हुने बताइएको छ। त्यस्तै संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भएकाले महासमितिको मितिको बारेमा छलफल पनि हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।

मंगलबार बस्ने बैठकले तोकिएको मिति सार्नेसमेत उनले जानकारी दिए। कांग्रेसको महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ गतेसम्मका लागि तोकिएको थियो। मंगलबारको बैठकले उक्त बैठकलाई मंसिरको अन्तिम साता सार्नसक्ने उनले बताए। त्यस्तै बैठकले भ्रातृसंस्था नेपाली विद्यार्थी संघको महाधिवेशनको मितिका बारेमा छलफल गर्ने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.