काठमाडौं, जेठ १०: नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र पठाई बधाई दिएका छन् । भारतमा भएको लोकसभाको चुनावको नतिजापछि उनले भारतीय जनता पार्टीले ठूलो सफलतामा बधाइ दिएका हुन् ।
नेपाल भारतबीचको पुरानो सम्बन्ध सदा राम्रो रहोस भन्दै नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिएको बताए ।