कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण

| 2022 Sep 16 | 05:18 pm 1497

काठमाडाैं, भदाै ३१ः नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। बिहीबार थापालाई उच्च ज्वरो आएको थियो।

थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ। ‘ज्वरो आएको छ, उहाँ घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने।

शुक्रबार भने ज्वरो केही कम भएको छ। ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.