काँग्रेस नेता मनमोहन भट्टराई होसमा आए

रिपोर्ट नेपाल | 2018 Jun 29 | 12:37 pm 5208

काठमाडौं, असार १५: मस्तिष्कघात भएका नेपाली कांग्रेसका नेता मनमोहन भट्टराई दुई हप्तापछि होस आएका छन् । मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेका भट्टराईको बिहिवार होस आएको हो।

होस खुलेपछि भट्टराईले आफ्ना आफन्त बाहेकका नजिकका साथीभाइलाई पनि चिनेका छन्। भट्टराईलाई आफ्नत बाहेक सिमिति व्यक्तिलाई मात्र भेटन दिइएको छ।

भट्टराईको नाकमा लगाइएको अक्सिजन कायमै छ। उनलाई दवाव र तनाव महशुस नहुने गरि सामान्य भेटघाट मात्र गर्न दिइएको छ। उनको सार्वजनिक भएको तस्विरमा उनी हात जोडेको अवस्थामा अस्पतालको शैयामा देखिएका छन्।

भट्टराईलाई नजिकबाट चिन्ने पत्रकार केदार कोइरालाले अग्रज मनमोहन भट्टराई अचेतनाबाट चेतनामा फर्किएको बताए।

मनमोहनका छोराले आफूलाई देखाएर अंकललाइ चिन्नुहुन्छ? भनेर सोध्दा मनमोहन दाइले मलाइ पुलुक्क हेर्दै केदार भनेको सुनाउँदै कोइरालाले बोली अलि स्पस्ट नभएपनि केहि दिनमा सबै पूर्ववत हुने विश्वास व्यक्त गरे। नेता भट्टराईको स्वास्थ्यलाभको कामना गरिरहेका आम काँग्रेस कार्यकर्ता र परिवारजनका लागि यो खुसीको कुरा भएको कोइरालाले बताए। आफू त खुसिले नै भक्कानिए कोइरालाले भने।

मस्तिष्कघात भएका भट्टराईको नर्भिकमा दुई हप्तादेखि उपचार भइरहेको छ। भट्टराईको अस्पतालको सघन उपचार कक्षमा उच्च निगरानीमा उपचार भइरहेको थियो। स्नायु रोग विशेषज्ञ डा राजीव झासहितको टोलीले उनको उपचार गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.