काँग्रेसको वडा नं ७ केन्द्रित चुनावी प्रचार : निष्ठावान् उम्मेदवार पार्टीले खटाएको भन्दै मतदातामा खुसीयाली

रिपोर्ट नेपाल | 2019 Nov 11 | 06:07 pm 2260

  • कमल पौडेल अथक

पोखरा, कार्तिक २५ : नेपाली काँग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार अभियान अन्तर्गत सोमवार पोखरा वडा नं ७ मा प्रचार प्रसार गरिएको छ । काँग्रेस नेता कार्यकर्तामाझ उम्मेदवार खेमराज पौडेल पुग्दा स्थानीय मतदाताहरूले पार्टीले निष्ठावान् नेतालाई उम्मेदवारबनाएको भन्दै खुसीयाली व्यक्त गरेका थिए ।

सो अवसरमा बोल्दै काँग्रेस उम्मेदवार खेमराज पौडेलले पार्टीले दिएको जिम्मेवारी वहन गर्न आफू कुनै हालतमा पछि नपर्ने बताउँदै यो चुनावमा अत्यधिक मत दिएर विजयी बनाउन आग्रह गरे ।

उनले देशमा दुई तिहाइको सरकारले जनहित विपरीत काम गरेको बताउँदै निष्ठाको राजनीति सिकाउन पनि आफ्नो उम्मेदवारी भएको बताए । पछिल्लो समयमा नेपाली राजनीति बल मिच्याइँमा अगाडि बढेको बताउँदै उनले यसलाई सही ट्रयाकमा ल्याउनु पर्ने बताए । उनले पोखरा ७ का सबै गल्ली गल्लीमा पुगेर मत मागेका थिए ।

नेपाल ट्रेड युनियन काँग्रेसले सोमवार ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । गण्डकी प्रदेश संयोजक मुरारी शर्माको संयोजकत्वमा सो समिति गठन गरेको हो ।

जसको मूल समितिको संयोजकमा मुरारी शर्मा, सदस्यहरूमा जितबहादुर गुरुङ, केशवराज भट्टराई, कुलदेवी बराल र विजयराज भण्डारी रहेका छन् । त्यसै गरी कास्की क्षेत्र नं २ अन्तर्गतका ११ वटै वडामा निर्वाचन परिचालन उपसमिति संयोजक चयन गरेको छ ।

जसअनुसार वडा नं ४ मा डिल्लीराम भट्टराई, वडा नं ७ मा विश्वेश्वर पराजुली, वडा नं ८ मा लालीमाया रेग्मी, वडा नं ९ मा शिवराज थपलिया, वडा नं ११ मा नवराज भण्डारी, वडा नं १५ मा किरण अधिकारी, वडा नं १६ मा विक्रम केसी, वडा नं १७ मा कमल सापकोटा, वडा नं २० मा मोहन राना, वडा नं २१ मा टंक भण्डारी र वडा नं ३३ मा हरिराम पौडेललाई संयोजक तोकेको छ ।

यसैगरी नेपाल यातायात मजदुर सङ्घ अन्तर्गत नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य एवं सङ्घका पूर्व अध्यक्ष जितबहादुर गुरुङको संयोजकत्वमा १ सय ५१ सदस्यीय यातायात व्यवस्थापन उपसमिति गठन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.