कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?

रिपोर्ट नेपाल | 2019 Sep 06 | 05:38 pm 1741

काठमाडौं, भदौ २० : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने अवस्थामा रहेकाे उनका निजी चिकित्सक डा दिव्यासिंह शाहले जानकारी दिए । डा शाहले आज प्रेस वक्तव्य जारी गरी उनको स्वास्थ्यावस्था सामान्य रहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया (प्लाज्मा फेरेसिस) पूरा भएको वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री ओली शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न यही भदौ ५ गते सिंगापुरको नेशनल यूनिभर्सिटी हस्पिटल गएका थिए । सिङ्गापुरबाट स्वास्थ्योपचार पूरा गरी उनी आज स्वदेश फर्केका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.