कस्को आशिर्वादमा चलेको छ कल सेन्टर ?

रिपोर्ट नेपाल | 2022 Jul 28 | 01:41 pm 1497

काठमाडौं, साउन १२ः ठमेलको ज्याठाबाट सहित ४ सय ७२ थान मोबाइलसेट २६ थान ल्यापटप चिनियाँ नागरिक पक्राउ परेपछि ठगीको यो जालो डरलाग्दो भएको अनुमान लगाइएको छ ।

देशका मुख्य शहरमा कल सेन्टरको ठगी धन्दा माथिल्लो तहको आशिर्वाद र सेटिङ बिना सम्भावना छैन । ठमेलमा मात्रै होइन व्यापारीक केन्द्र बुटवलमा पनि प्रहरीले छापा मार्दा करिब एक सय पचास युवा युवती प्रहरीको कब्जामा परेका थिए ।

काठमाडौंको कोटेश्वरबाट सुरु भएको प्रहरी कारबाहीलाई हेर्दा ठगहरुले करोडौंको सेटिङमा धन्दा चलाएको अनुमान लगाउन सकिन्छ ।

कल सेन्टरमा प्रहरीले धावा बोल्न थालेपछि अहिले ठगहरु मौन रहेका छन् । राजधानीको हाडीगाउँ लगायत झण्डै एक दर्जन स्थानबाट यस्ता ठगी धन्दा हुँदै आएको बताइन्छ ।

राजधानी जस्तो ठाउँमा यो धन्दा हुँदा गृह प्रशासनले थाहा पाएन की पाएर पनि मौन बस्यो रहस्यको विषय भएको छ ।

स–साना कुरामा नजर लगाउने गृह प्रशासनले यसरी खुलेयाम ठगी गर्दा पनि थाहा नपाए जस्तो गर्नुको पछाडी ठूलै आर्थिक चलखेल भएको हुन सक्ने विश्लेषकहरु बताउँछन् । कसैको आशिर्वाद र इसारा बिना यस्तो कार्य हुन नसक्ने उनीहरुको भनाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.