कसरी उठायो ट्राफिक प्रहरीले काठमाडौंबाट एकै दिनमा ११ लाख राजस्व ?

रिपोर्ट नेपाल | 2019 Mar 20 | 08:18 am 2775

काठमाडौं, चैत ६ : महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा ट्राफिक नियम विभिन्न किसिमले उल्लंघन गर्ने १ हजार ५ सय ४ जना सवारी चालक कारवाहीमा परेका छन्।

जथाभावि पार्किङ गर्ने १ सय १७, लेन मिचेर चलाउने २ सय १८, मादक पदार्थ सेवन गरी चलाउने ३४, जेब्राक्रसमा रोक्ने ३५, निषेधित स्थानमा हर्न बजाउने ४९, अवस्था ठिक नभएको सवारी चलाउने ४० र ढोका खुला राखेर चलाउने ४३ जना चालक कारवाहीमा परेको प्रहरीले जनाएको छ।

मंगलबार विभिन्न शीर्षकमा गरिएको कारबाहीबाट ११ लाख, ५ सय रुपैयाँ राजश्व संकलन भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.