कविता – हाम्राे जीवन

रिपोर्ट नेपाल | 2023 Jul 02 | 03:25 pm 1673

कविता

हाम्रो जीवन नदी जस्तै वगिरहे छ
मिलन नभएर के भो
हाम्रो यात्रा निरन्तर चलिरहेछ
छालहरुसँग छल्किदा
तिम्रो अंगालोमा पुगे जस्तै लाग्छ
बाँधहरुमा संलिदाँ
तिम्रो समिपमा निदाए जस्तै लाग्छ
हजारौं माइलको यात्रामा निस्केका हामी
कैयौं ठक्कर खाएर
कहिले धमिलिदैं
कहिले संलिदै
एकदिन पुग्नेछौ गन्तव्यमा
अनि लामो सास फेर्दै भन्नेछौ
मिलनमा मात्र होइन विछोडमा पनि जीवन चल्छ
खालि हात आएका हामी गुमाउनु नै के छ ।।

© राहुल

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.