कविता – जय शम्भु हर हर महादेव

रिपोर्ट नेपाल | 2023 Jul 17 | 11:22 am 3833

– सुनिता प्रसाई

भेट्न खोज्छु तिमीलाई,
आफू भन्दा टाढा लाग्छ।
बुझ्न खोज्छु तिमीलाई ,
मौनता नै मीठो लाग्छ।

श्रावणको झरी, सधैं यसैगरी,
टाढिन्छौकी भन्ने पिर लाग्छ।
तिम्रो मौनतामा पनि,
पवित्र प्रेमको आभाष हुन्छ।

तिम्रा ति निश्चल नयनहरुमा,
कहिले सागर देख्छु त
कहिले मरुभुमी पाउछु।
मेरा सारा खुसीहरु,
तिमी भित्रै देख्छु।

थाहा छैन हामी दुबैको अडान,
कुन दिन अन्त्य हुन्छ ?
जय शम्भु हर हर महादेव।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.