कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2019 May 31 | 04:30 pm 2168

बुटवल, जेठ १७ : नेपाल बसेर अवैध कल बाइपास गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अवैध कल बाइपास (भीओआईपी)मा संलग्न २६ वर्षी खुर्सेद अन्सारी पक्राउ परेका हुन् ।

स्थाइ घर भारतको सुनौली भएका अन्सारी हाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ काटागाउँस्थित मैनुद्धीन धुनियाको घरमा डेरा गरी बस्दै आएका थिए ।

विशेष सूचनाका आधारमा उनी बस्ने कोठामा छापा मार्न पुगेको सिआईबीको टोलीले अवैध कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरण समेत बरामद गरेको छ । उनको कोठाबाट २ थान ल्यापटप, ३२ थान एरिएल, १ थान राउटर, २ थान डिभाइस, १ थान युपीएस, २ थान चार्जर तथा १३ ओटा सिम फिट गरिएको सिम पोर्ट १ थानलगायत सामग्री बदारम भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.