दाङ, माघ १५ : विभिन्न किसिमका कल बाइपास गर्ने उपकरणसहित नेपालगञ्ज नाकाबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मध्यप्रदेश जवलपुरका ओरुब चटर्जी रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले सोमबार नेपालबाट भारततर्फ जाँदै गर्दा कल बाइपास गर्ने विभिन्न उपकरणसहित पक्राउ गरेको प्रहरी नायब निरीक्षक वसन्त बस्नेतले जानकारी दिए ।
उनको साथबाट कल बाइपास गर्ने उपकरण, एनसेलको १० र नेपाल टेलिकमका दुई थान सीम तथा भारतीय नंका सीमकार्ड नौ थान, एटिएम कार्ड, तीन थान मोबाइल र एक थान ल्यापटप बरामद गरिएको छ । पक्राउ परेका चटर्जीलाई स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।