कलेजमा लिएको रकम नघटाए नेविसंघले आन्दोलन गर्ने

रिपोर्ट नेपाल | 2019 Jul 19 | 05:03 pm 2010

काठमाडौं, साउन ३: एसइई उत्तिर्ण गरेर कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई शैक्षिक संस्थाले ब्रम्हलुट गरेको भन्दै नेपाल विद्यार्थी संघले आपत्ती जनाएको छ । प्रमुख तिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन विगठित नेविसंघका महाधिवेशन पक्षधर नेताहरुले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी शुल्क नघटाए बाध्य भएर आन्दोलनमा जाने बताएका छन् ।

नेविसंघका पूर्व उपसभापति क्षीतिज भण्डारीले कलेजले एकद्धार नीति विपरित मनपरी शुल्क उठाएर अभिभावकको ढाड सेकेकोले त्यसका विरुद्ध नेविसंघले नेतृत्व लिने बताए । पूर्व केन्द्रीय सदस्य लिला वल्लभ दाहालले शैक्षिक क्षेत्रमा आर्थिक अनियमितता र कालो बजारी गर्दा समेत सरकार रमिते बन्नुको पछाडी नेकपाको भातृ संगठन अनेरास्ववियुको कमाई खाने भाँडो बनाइ दिएको आरोप लगाए । यसरी मनपरी भाडा उठाउँदा समेत अन्धो र बहिरो बनेको सरकारको चेत खुलाउन आन्दोलनको विकल्प नरहेको बताए ।

अर्को पूर्व केन्द्रीय सदस्य मोती भण्डारीले आफ्नो माउ पार्टीले नेविसंघ विघटन गरेर गठन नगरेकै कारण धमिलो पानीमा माछा मारेर खाने शैक्षिक माफियाले अवसर पाएको बताए । मनोहरी श्रेष्ठको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा श्रेष्ठले मनपरी ढंगले उठाइएको शुल्क यथासिघ्र नघटाए नेविसंघ बाध्य भएर सडकमा आउने र सरकार र सम्बन्धीत निकायले त्यसको महंगो मुल्य चुकाउनुपर्ने चेतावनी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.