कला र गलाकी धनी मन्जुलाई कुवेतमा सम्मान

| 2023 Sep 13 | 02:08 pm 3673

काठमाडाैं, भदाै २७ । चर्चित कार्यक्रम प्रस्तोता तथा  गायीका मन्जु पाैडेललाई विदेशी भूमिमा सम्मान गरिएको छ । गायीका पाैडेललाई लुम्बिनी समाज कुबेतले सम्मान गरेको हो ।

गुल्मी जिल्लाको रुरु गाँउपालिकाकी पाैडेललाई साैभाग्यवश संस्थाको नेतृत्वकर्ता गुल्मीकै नेत्र पेमी मगर र संस्थापक अध्यक्ष राजु कार्की लगायतका पदाधिकारीले सम्मान गरेका हुन् । कुवेतमा आ-आफ्नो पेशामा सकृय यूवाहरुले लुम्बिनी प्रदेशका थुप्रै यूवा युवतीलाई सेवा र सहयोग गर्दै आएका छन् । कार्यक्रम प्रस्तोता तथा गायीका पाैडेललाई सम्मान गर्न र दर खुवाउने अवसर पाएकोमा आयोजक खुशीले गदगद भएका थिए ।

आफ्नै चेलीबेटीलाई तिजमा खुवाउन नपाए पनि जिल्लावासी चर्चित सर्जकलाई तिजमा खुवाउन र सम्मान गर्न पाएकोमा आयोजकले खुशी व्यक्त गरेका थिए । कार्यक्रम प्रस्तुतीमा दर्शक र आयोजकलाई मोहित पार्ने मन्जुले कतिपय तिज गीतमा भने थुप्रैलाई रुवाएकी छन् । हजाराैं दर्शकलाई प्रस्तुतीबाट सन्तुष्टी पार्न सक्ने क्षमता पाैडेलको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.