कलङ्कीमा युवतीमाथि सामुहिक बलात्कार, तीन पक्राउ

| 2018 Sep 18 | 03:01 pm 2325

काठमाडौं, २ असोज : पछिल्लो समय देशका विभिन्न जिल्लामा बलात्कारका घटना बढेका छन् । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना पेचिलो बनिरहेका बेला विभिन्न जिल्लाबाट एकपछि अर्को गर्दै बलात्कारको घटनाहरु सार्वजनिक भइरहेका छन् ।

त्यस्तै काठमाडौंको कलङ्कीमा एक युवती सामुहिक बलात्कारको शिकार बनेकी छन् । सामुहिक बलात्कारको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा युवती हराएको निवेदन परेपछि प्रहरीले खोजी थालेको थियो । खोजतलास गर्दा ती युवती होटलमा भेटेपछि सामुहिक बलात्कार भएको रहस्य खुलेको थियो ।

युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट रालुकादेवी गाउँपालिका अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिकाका सूर्य राना र भीमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने रामकृष्ण नगरकोटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.