कलंकीमा नमुना मालपोत कार्यालय घोषणा

रिपोर्ट नेपाल | 2019 Jun 19 | 03:35 pm 2165

काठमाडौं, असार ४ : कलंकीमा आज नमुना मालपोत कार्यालय घोषणा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन यस्तो कार्यक्रमको सुरुवात गरिएको बताए।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताए। ‘अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘अबको दुई वर्षभित्र देशका सबै मालपोत कार्यलयका ढड्डा, पुराना लिखत डिजिटलाइज्ड भइसक्नेछन्।’

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.