कर वृद्धि विरुद्धको आन्दोलन फिर्ता

रिपोर्ट नेपाल | 2018 Oct 04 | 11:18 am 3824

लहान, असोज १८: मिर्चैया नगरपालिकाले कर वृद्धि गरेको विरोधमा विगत एक महीनादेखि जारी आन्दोलन फिर्ता भएको छ ।

नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिबीच बुधबार साँझ दुई बुँदे सहमतिपश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएको हो।

आन्दोलनरत पक्षका सम्पूर्ण मागमा नगरपालिकाले छलफल गरी कर, राजश्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संशोधित विषयवस्तुको कार्यान्वयन गराउन नगरसभाबाट अनुमोदन गराई मङ्सिर ५ गतेभित्र कार्यान्वयन गरिने सहमति भएको वार्ता समितिका संयोजक अशोककुमार साहले जानकारी दिए ।

सहमतिपत्रमा नगरपालिकाका प्रमुख श्रवणकुमार यादव र आन्दोलनरतका तर्फबाट वार्ता समिति संयोजक साहले हस्ताक्षर गरेका छन्। गत साउन २९ गते कर वृद्धि फिर्तालगायत विभिन्न आठ बुँदे माग राख्दै आन्दोलन हुँदै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.