कर बृद्धि गरेको विरोधमा काँग्रेसद्वारा प्रदर्शन

रिपोर्ट नेपाल | 2018 Aug 17 | 05:40 pm 2380

बुटवल, भदौ १ : कार बृद्धि गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्दै प्रदर्शन गरेको छ । केन्द्र, प्रदेश र स्थानीय तहले बढाएको करको बिरोधमा पाँच नम्बर प्रदेशको राजधानी बुटवलमा काँग्रेसले प्रर्दशन गरेको हो ।

साग विक्रेता देखि विद्यार्थी समेतलाई कर लगाएपछि सर्वसाधारणहरु मर्कामा परेपछि प्रदर्शनमा उत्रिनुपरेको नेपाली काँग्रेस बुटवल उपमहानगरापलिकाका सभापति खेलराज पाण्डेयले बताए ।

प्रदर्शनपछि काँग्रेस नेताहरुले बुटवल उपमहानगरपालिका पुगेर ज्ञापन पत्र बुझाएका छन् । केहीबेर प्रर्दशन गरेपछि नेताहरुले कर बृद्धि फिर्ता लिन माग गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

बुटवलको अस्पताल लाइनमा भेला भएका काग्रेस नेता कार्यकर्ता र शुभेच्छुकहरु नारा जुलुस गर्दै बुटवल उपमहानगरपालिका पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.