कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2023 Feb 22 | 06:16 pm 1005

काठमाडाैं, फागुन १०ः कर्तव्य ज्यान मुद्धाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रौतहट गरुडा न.पा. वडा नं.-९ का २७ बर्षीय शिव शंकर कुमार यादव रहेका छन् ।

मिति २०७९।०६।२६ गते जिल्ला रौतहट गरुडा नगरपालिका वडा नं. ९, सिसवा स्थित सार्वजानिक सडकमा बर्ष ५२ को छबिलाल शाहलाई उनीसमेतका ब्यक्तिहरुले कुटपिट गरी सक्त घाईते बनाईएकाेमा घाइतेकाे नारायणी बयोधा शिक्षण अस्पतालमा उपचारको क्रममा मिति २०७९।०७।१८ गते मृत्यू भएको थियाे ।

मृत्यु पश्चात फरार रहेका यादवलाई मिति २०७९।११।८ गते काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले जिल्ला ललितपुर ग्वार्कोबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागी ईलाका प्रहरी कार्यालय गरुडा, रौतहट पठाईएको प्रहरी उपरीक्षक साेमेन्द्रसिंह राठाैरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.