सिरहा, पुस १९ : ज्यान मार्ने उद्योग, संगठित अपराध, बिष्फोटक पदार्थ तथा डाँकामुद्धामा संलग्न रही फरार अभियुक्त कर्जन्हा नगरपालिका–२ बिन्दीपुर बस्ने धनुषा सिंग्याही मडान–३ का ५७ वर्षीय रामेश्वर महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७३ फागुन १ गते मिर्चैया–२ मल्हनिया खरी बस्ने मोहमदलालु खानलाई समेत गोली हानी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।