दाङ, असोज २६ः कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ११ का ५१ वर्षीय टेकबहादुर खत्री रहेका छन् ।
उनी सर्वोच्च अदालतबाट २०६१ चैत २९ गते कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद फैसला भई हालसम्म फरार रहेका थिए ।
उनलाई खोजतलास गर्ने क्रममा २०७७ असोज २३ गते रोल्पाको त्रिवेणी गाउँपालिका ३ रोल्पा सिमेन्ट प्रा.लि. बुढागाउँमा लुकिछिपी काम गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
पक्राउ गरी अभियुक्तलाई असोज २५ गते सम्मानित दाङ देउखुरी जिल्ला अदालतलाई बुझाएको दाङ प्रहरीले जनाएको छ ।