कर्तव्य ज्यान मुद्दाका तीन फरार अभियुक्त प्रकाउ

रिपोर्ट नेपाल | 2019 Nov 01 | 05:59 pm 2292

दाङ, कात्तिक १५: कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं ३ गैरीगाउँका २१ वार्षीय दिपक परीयार, १९ वर्षीय असोक जीसी र २१ वर्षीय डिनर पुन रहेका छन् ।

उनीहरुलाई घोराही उपमहानगरपालिका वडा नं ३ का १८ वर्षीय राम बहादुर चौधरीलाई २०७२ भदौ २९ गते कर्तव्य गरी हत्या गरेको कसुरमा सम्मानित उच्च अदालत तुलसीपुरले मुद्दा दायर गरेको थियो ।

उच्च अदालत तुलसीपुरबाट २०७६ बैशाख २३ गते फैसला भई १० वर्ष कैद सजाय तोकिई हाल सम्म फरार रहेकाले उनीहरुलाई खोजतलासको क्रममा हिजो (बिहीबार) घोराही उपमहानगरपालिका वडा नं ३ बरगद्दामा लुकिछिपी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

अभियुक्तहरूलाई आवश्यक कारबाहीका लागि आज (शुक्रबार) सम्मानित दाङ देउखुरी जिल्ला अदालतलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.