बर्दिया, असाेज १०ः मिति २०७२।०४।१६ गते बर्दिया गेरुवा गाउँपालिका -०४ बस्ने गंगाधर
चालिसेलाई धारिलो हतियार प्रहार गरी कर्तब्य गरी मारी वारदात स्थलबाट फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा साेही ठाउँ बस्ने ३७ बर्षिय श्याम बि.सी.भन्ने टिकाराम बुढाक्षेत्री रहेका छन् ।
उनलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलिले नजिकैगाऊँ टोलमा लुकिछिपी बसेकाे अवस्थामा मिति २०७९/०६/०८ गते राती पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरीयाबाट कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बाेहराले बतए।