काठमाडाैं, असार २२ः कर्तब्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार दुई प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. साविक ५ हाल ६, कसाईटोल बस्ने ३३ बर्षीय अच्छन अलि अन्सारी
र बाँके सोनपुर गा.बि.स. वडा नं. ९ का ३४ बर्षीय जोहरु भाट रहेका छन् ।
उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले पक्राउ गरेकाे हाे ।
फरार रहेका उनीहरुलाई मिति २०७९/०३/२१ गते खोजतलासको क्रममा बाँके जिल्लाको जमुनाहा स्थित नेपाल-भारत सिमावर्ति क्षेत्रमा फेला पारी पक्राउ गरेको ब्यूराेले जानकारी दिएकाे छ ।
प्रतिवादी अच्छन अलि अन्सारीले मिति २०७५/०३/३१ गते, दाईजो कम ल्याएको भन्ने कुरामा निहु खोजी विवाद गरी शारीरिक र मानसिक यातना दिने क्रममा आफ्नै पत्नी रुवी अन्सारीलाई कुटपिट गरी टाउकोमा लाठी र भाला प्रहार गर्दा घाईते भएकी रुवी अन्सारीको उपचारको क्रममा मिति २०७५/०४/२१ गते भारतको लखनउमा मृत्यु भएको थियाे ।
उक्त कर्तब्यज्यान मुद्दा र मिति २०७०/०५/०७ गते प्रतिवादी जोहरु भाट समेतका दुई जनाले बाँके सोनपुर गा.वि.स. वडा नं. २ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई एक्लै फेला पारी सामुहिक जवरजस्ती करणी गरेको मुद्दामा सम्मानित बाँके जिल्ला
अदालतबाट निज प्रतिवादीहरुको हकमा गरेको फैसला कार्यान्वयनको लागि उनीहरुलाई बुधबार सम्मानित बाँके जिल्ला अदालतमा पेश गरेको बताइएकाे छ ।