काठमाडौं, मंसिर ९ : कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोगका उपाध्यक्ष पुण्य रेग्मीलाई सपथ गराएका हन् ।
मुख्यमन्त्री शाहीवाट सपथ ग्रहण गरे लगत्तै उपाध्यक्ष रेग्मीले आयोगका सदस्यहरु डा.दिपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई सपथ ग्रहण लगाए । सपथ ग्रहण समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, साँसदहरु, प्रदेश सरकारका सचिव तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।