कर्णाली प्रदेश प्रहरी कार्यालयले गर्ने भए १२ प्रहरीलाई पुरस्कृत

रिपोर्ट नेपाल | 2019 Feb 27 | 12:42 pm 2257

सुर्खेत, फागुन १५ : कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेर उत्कृष्ट काम गरेका १२ जना प्रहरीलाई पुरस्कृत गर्नका लागि सिफारिस गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले ती १२ जनालाई नगदसहित पुरस्कृत गर्न सिफारिस गरेको हो ।

उत्कृष्ट काम गरी सिफारिसमा परेकाहरुमध्ये पुस महिनामा उकृष्ट काम गरेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव निरीक्षक अवदेश विष्ट क्षेत्री, कालीकोटका प्रहरी नायव निरीक्षक रमेश पन्थी, जुम्लाका प्रहरी हवल्दार हिक्मत थापा, सुर्खेतका प्रहरी जवान शिव गिरी, दैलेखका प्रहरी जवान पूर्णकुमारी खड्का र नगर प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी नायव निरीक्षक ढुण्डीराज अधिकारी रहेका छन् ।

त्यस्तै, माघ महीनामा उत्कृष्ट काम गरेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्री, कालीकोटका प्रहरी सहायक निरीक्षक निरज सिंह तथा जवान पार्वती बुढा, रुकुम (पश्चिम) का प्रहरी जवान प्रकाश शाही, अस्थायी ट्राफिक प्रहरी पोष्ट छिञ्चुका प्रहरी हवल्दार टोपबहादुर महतारा र इलाका प्रहरी कार्यालय दुल्लुमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर घर्ती रहेका छन् ।

विभिन्न विधामा मासिक कार्ययोजनाबमोजिम उत्कृष्ट कार्य गरेकालाई पुरस्कृत गर्न लागिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले जानकारी दिए । कार्यक्षेत्रमा इमान्दारीपूर्वक खटिएर उत्कृष्ट काम गर्ने प्रहरीलाई मासिकरूपमा पुरस्कृत गर्दै आएका शाहले बताए । यस्ता कार्यले प्रहरी कर्मचारीको मनोबल बढ्ने र आफ्नो कार्यप्रति थप इमान्दारी बनाउन हौसला बढ्ने जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.