काठमाडौं, भदौं १८ : फर्जी बैंक ग्यारेन्टी गर्दा जमानी बसेको अभियोग लागेका कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्रीसँग उच्च अदालत पाटनले पाँच लाख धरौटी मागेको छ।
बुधबार अदालतमा उपस्थित हुन आएका खत्रीको थुनछेक बयान र बहस पछि मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले उनीसँग पाँचलाख धरौटी मागेको हो।
उनले बुझाएको धरौटी स्वरूप बैंक ग्यारेण्टी बुझ्ने प्रकृयामा रहेको प्रवक्ता मोहन सुवेदीले बताए। कृषि विकास बैंक रत्नपार्कको जाहेरीमा नेपाल सरकारले नै उनीविरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा लगाएको थियो।