- महेश सिंह महतो
सिरहा, जेठ १४ः सिरहाको नबराजपुर गाउँपालिका २ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ बर्षीय लक्ष्मण महतो रहेका छन् ।
उनी हाल लहाननगरपालीका वडा नम्बर ८ स्थित ससुराली घरमा केही बर्ष देखि बस्दै आएका थिए ।
शुक्रबार बिहान सौंच गर्न सौचालय गएर हात मुख धुने क्रममा कलमा जडान गरिएको पानी तान्ने मोटरमा विद्युत प्रवाह भई महतोलाई करेन्ट लागेको हो।
करेन्ट लागी गम्भीर घाइते भएका महतोलाई उपचारको लागि अस्पताल लगदै गर्दा बीच बाटो मै मृत्यु भएको उनका परिवारले जानकारी दिए ।
महतोको शवलाई पोस्ट मार्टमको लागि लहान अस्पतालमा राखीएको छ । पोस्ट मार्टमपछि शव परिवार जनको जिम्मा लगाउने अस्पताल श्रोतले जानकारी दिएको छ ।