सिन्धुली, जेठ २५ः आइतबार करेन्ट लागेर सिन्धुलीमा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा फिक्कल गाउँपालिका–३ का ३४ वर्षीय रामबहादुर मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अन्न पिस्ने मिल सञ्चालन गर्न घरबाट निस्किएका मगरलाई ५ बजे मिलमा नै करेन्ट लागेर अचेत भएर ढलिरहेको अवस्थामा आफन्तले फेला पारेका थिए ।
अचेत अवस्थामा भेटिएका मगरलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पुर्याइए पनि ८ बजे अस्पतालमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।