महोत्तरी, कात्तिक १५ः करेन्ट लागेर महात्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको पौराहा गाउँपालिका–६ का ३२ वर्षीय गौरीनन्द पण्डित रहेका छन् ।
उनी महोत्तरीको बर्दिबास विद्युत प्राधिकरणका प्राविधिक हुन् । तार जोड्ने क्रममा बर्दिबास–९१ स्थित सडक किनारको पोलमा चढेका पण्डितलाई करेन्ट लागेर मृत्यु भएको नेपाल विद्युत प्राधिकरण उपशाखा बर्दिबासले जनकारी दिएको छ ।
करेन्ट लागेर पोलमै झुण्डिएको देखेपछि गाउँलेले सुकेको बासको भाँटाले तारमा हानेर उनको उद्दार गरी उपचारका लागि बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटल पुर्याएका थिए ।
बर्दिबास जनसेवा अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा राखेर पण्डितलाई जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो ।
त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि डाक्टरले काठमाडौं रेफर गर्दा गर्दै उनको जनकपुरमै मृत्यु भएको हो । उनलाई काठमाडौं पठाउनका लागि हेलिकप्टरको मगाइएको थियो ।