करेन्ट लागेर तेह्रथुममा प्रधानाध्यापकको मृत्यु

| 2022 Jan 10 | 05:00 pm 2281

तेह्रथुम, पुस २६ः जिल्लाको फेदाप गाउँपालिकामा सोमबार दिउँसो करेन्ट लाग्दा एक प्रधानाध्यापक मृत्यु भएको छ । मृत्यु हुनेमा फेदाप गाउँपालिका–१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेत रहेका छन् । बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप १ पुल्डुङगका प्रधानाध्यापक हुन् ।

विद्यालयमा सञ्चालन हुँदै गरेको परीक्षापछि घर आएर घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको पोक्लाबाङ प्रहरी चौकीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.