करेन्ट लागेर गम्भीर घाइते भएका धनकुमारकाे सेनाको हेलिकप्टरमार्फत उद्धार

रिपोर्ट नेपाल | 2019 Aug 03 | 06:12 am 1972

खाेटाङ, साउन १८ : करेन्ट लागेर गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय धनकुमार तामाङ्को नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको छ । केपिलासगढी–५ सप्तेश्वरमा स्थानीयवासीको घरमा मिटरबक्स जडान गर्नेक्रममा तामाङलाई करेन्ट लागेको हो ।

सांसद विशाल भट्टराई र प्रदेशसभा सदस्य राजन राईको पहलमा तामाङको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए । तामाङको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको उनीसँगै सहयोगीका रुपमा जानुभएका मिलन सुनुवारले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.