करेन्ट लागेर कैलालीमा एककाे मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 May 24 | 01:55 pm 2117

कैलाली, जेठ १ः गएराति कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका वडा नम्बर १ को सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आएका घोडाघोडी १० का ३३ वर्षीय जबरसिह चौधरी रहेका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अर्का मजदुर घोडाघोडी १७ कै सुजन चौधरी घाइते भएका हुन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.