करेन्ट लागेर एक युवकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jun 08 | 05:06 pm 1776

कास्की, जेठ २५  पोखरामा शनिबार करेन्ट लागेर एक युवकको मृत्यु  भएको छ ।

मृत्यु हुनेमा भद्रकाली निवासी  १८ बर्षीय  प्रबिण नेपाली रहेकाे प्रहरीले  बताए । उनकाे पोखरा महानरपालिका-११ फुलबारी स्थित प्रगति टोलमा निर्माणधीन  इन्द्र प्रसाद पाठकको घरमा  करेन्ट लाग्दा मृत्यु भएकाे हाे ।

पानी तन्ने मोटरको  तार प्लगबाट छुटाउने क्रममा करेन्ट लागेर घाइते भएका नेपालीको उपचारको क्रममा पश्चिमान्चल  क्षेत्रिय अस्पताल पोखरामा  मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.