करेन्ट र आगोमा जलेर दुई बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 11 | 02:05 pm 2288

काठमाडौं, चैत्र २८ : छुट्टाछुट्टै गरी दुई स्थानमा करेन्ट र आगोमा जली दुई बालिकाको मृत्यु भएको छ । बारा महागढिमाई नगरपालिका–२ भैसियाटोलका १० वर्षीया पुष्पाञ्जली कुमारी यादवको करेन्ट लागेर मृत्यु भएको छ ।

कलमा पानी खाने क्रममा कलमा जोडेको मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।

त्यस्तै आगलागीमा जलेर सुर्खेत लेकबेसी नगरपालिका–२ का ४ वर्षीया सिर्जना टमटाको आगलागीमा  परी मृत्यु भएको छ।

अगेनामा आगो फुक्ने क्रममा शरीरमा आगो सल्कन गई गम्भीर घाइते भएकी उनको नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.