करेन्टलागेर खाेटाङमा एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2021 May 05 | 12:49 pm 2877

खोटाङ, बैशाख २२ः करेन्टलागेर खाेटाङमा एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईको १० वर्षीय छोरा टिहाङ राई रहेका छन् ।

उनकाे बुधबार बिहान पौने ८ बजेको समयमा घरबाट दिदिको घर तर्फ जाँदै गर्दा  बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.