करीव पच्चीस लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रिपोर्ट नेपाल | 2022 Mar 08 | 07:30 am 1437

बारा, फागुन २४ः जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका ९ वीरगंज पथलैया सडकखण्डबाट फागुन २३ गते सशस्त्र प्रहरीले करीव २५ लाख ८ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । वीगंजबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ८५९७ नम्बरको कन्टेनरमा जाँच गर्दा बिल बिजक भन्दा फरक उल्लेखित मुल्य बराबरको हार्डवयरका सामान तथा मोटर पार्ट्ससहित उक्त कन्टेनरको चालक तथा सहचालकलाई समेत सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जीतपुरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । त्यसवेला उक्त कन्टेनर समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा कन्टेनरसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख १८ हजार रुपैयाँ बरारबको चोरीपैठारीको पेनड्राईभ र मेमोरी कार्ड बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर नगरपालिका ८ जोरसिमलबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

दुर्घटनामा परी घाईते भएका तीन जनाको उद्धार
सर्लाही जिल्लाको हरिपुर नगरपालिका ४ स्थित ढेङग्रापुल नजिकै राती भएको दुर्घटनामा परी घाईते भएका तीन जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । हरिपुबाट मलंगवातर्फ जाँदै गरेको बा ४१ प ९२७७ नम्बरको मोटरसाईकले सोही
दिशा तर्फबाट जाँदै गरेको साईकललाई ठक्कर दिँदा सर्लाही जिल्लाको कविलासी नगरपालिका १० बस्ने २२ बर्षीय लक्ष्मण राम, २० बर्षीय अनिल चौधरी र २० बर्षीय श्याम लाल घाइते भएका थिए । सो दुर्घटनाबारे जानकारी पाउँनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फरहदवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक सहदेव चौधरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको उद्धार गरी उपचारको लागि स्थानीय अस्पताल मलंगवातर्फ पठाइएकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.