काठमाडौं, मंसिर १६: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेमा नेपालले अर्को स्वर्ण पदक हात पारेका छन् ।
महिला ४५ केजीमुनीको समूहमा कुसुम खड्काले स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
उनले बंगलादेशी खेलाडीलाई हराएकी हुन् । यो करातेमा नेपालको छैटौं स्वर्ण हो भने समग्रमा ११ औं ।