काठमाडाैं, पुस १३ः नेपाल क्योकुशिन कराते-डो संघ बज्र (IKOB) को आयोजनामा मिति २०७८ पुस ११ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा संचालन भएको १७ औं राष्ट्रिय पुरुष तौल समुह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०७८ मा नेपाली सेना, त्रिभुवन आर्मी क्लबका खेलाडीहरु विजयी हुँदै टीम च्याम्पियन बन्न सफल भएको व्यहोरा जानकारी गराईन्छ ।
उक्त प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी मन्जु बि.क. प्रथम भएको थियो भने पुरुषतर्फ नेपाली सेनाका सनी सिंह सुनार प्रथम, विकास गुरुङ्ग र भुपेन्द्र वली द्वितिय तथा मनोज थपलिया तृतीय हुन सफल भएको व्यहोरा समेत जानकारी गराइएकाे छ ।