भक्तपुर, २४ सूर्यविनायक नगरपालिका ८ जगाती बस्ने सिन्धुली कपिलाकोट गाउँपालिका ६ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुली मरिण गाउँपालिका ४ का २० वर्षीय पाल्जेन दोर्जे थिङलाई प्रहरीले पक्राउ गरेको छ ।
थिङले आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।