करणी गरेको अभियोगमा एक पक्राउ एक फरार

रिपोर्ट नेपाल | 2018 Sep 28 | 02:01 pm 1689

डडेल्धुरा, असोज १२ : जवरजस्ती करणी गरेको अभियोगमा जिल्लाको पर्शुराम नगरपालिका–५ बस्ने २८ वर्षीय बीरबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

बोहरा र सोही नगरपालिका वडा नम्बर १० वस्ने २४ वर्षीय शिवशंकर जोशीले असोज ९ गते पर्शुराम धाम अनन्ते मेलाबाट घर फर्कने क्रममा १४ वर्षीया बालिकालाई मोटरसाइकलमा जवर्जस्ती राखी स्थानीय जङ्गलमा लगेर जवर्जस्ती करणी गरेको भन्दै पीडितले बिहीबार ईलाका प्रहरी कार्यालयमा जोगबुडामा निवेदन दिएपछि बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त कार्यमै अभियोग लागेका शिवशंकर जोशी भने फरार रहेका छन् फरार जोशीको तीब्र रुपमा खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.