रुपन्देही, जेठ २६: बुटवलमा किशोरीलाई पटकपटक करणी गरेकाे अभियाेगमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११, बुद्धनगर का ३७ वर्षीय विष्णुप्रसाद कुँवर रहेका छन् ।
१५ वर्षीय किशोरीलाई करणी गरेको अभियोगमा कुँवरलाई प्रहरीले आईतवार पक्राउ गरेको हो ।
विगत केही समय अगाडिदेखि किशोरीलाई करणी गर्दै आएको भन्ने उजुरीका आधारमा बुटवलबाट खटिएका प्रहरीले कुँवरलाई बिनापाते भन्ने स्थानबाट पक्राउ गरेकाे प्रहरीले जनाएको छ । अभियुक्तलाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको वडा प्रहरीले जानकारी दिएको छ