बुटवल, साउन ३१ : सरकारले कर बढाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बुटवालले भोलि (भदौ १ गते प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको बैठकले करको विरोधमा प्रदर्शन र सभा गर्ने निर्णय गरेको हो ।
काग्रेसले भोलि बिहान ११ बजे अस्पतालमा विरोध प्रदर्शन गर्ने भएको छ । विरोध प्रदर्शनमा सहभागी हुन आफ्ना कार्यकर्ता र शुभेच्छुकहरूलाई आग्रह समेत गरेको छ ।
उपमहानगरपालिकाले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुँदा बुटवलको विकासमा सहयोग हुने काँग्रेस नगर सभापति खेलराज पाण्डेले बताए । जनताले तिर्न नसक्ने गरी कर बढाएकाले बाध्य भएर सडकमा उत्रिनु परेको समेत उनले बताए ।
पाण्डेले भने, ‘ विगतमा १० हजार कर तिर्नेले अहिले ३५ हजार कर तिर्नु परेको छ । पार्टी कार्यालयमा कर बढेका प्रमाण सहितका गुनासा आएका आई छन् । त्यसैले पनि बाध्य भएर विरोध प्रदर्शन गर्न परेको हो ।’
उनले अव्यवस्थित बसोबास गर्नेहरूलाई लाल पुर्जा वितरण गर्नै लागे जस्तो गरेर कर लिन लागेको भन्दै त्यसप्रति पनि आपत्ति जनाए ।
उपमहानगरपालिकासँग करका सम्बन्धमा जानकारी माग गर्दा वेभ साइडमा राखिएको छ भन्ने गैर जिम्मेवार जवाफ दिने गरेको समेत उनले बताए ।