कम्युनिस्टसँग लड्नुपर्ने बेला आयाेः सभापति देउवा

रिपोर्ट नेपाल | 2021 Mar 14 | 08:31 am 2297

काठमाडाैं, चैत १ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टसँग लड्नुपर्ने बेला आएको बताएका छन्। पार्टीको महिला विभागले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रममा सभापति देउवाले कम्युनिस्ट पार्टी फेरि लोकतन्त्रको खिलापमा उत्रिएको भन्दै त्यसकाविरुद्ध पार्टी फेरि एक पटक लड्नुपर्ने बेला आएको बताएका हुन्।

लोकतन्त्रको रक्षा र कम्युनिस्टको एकदलीय सर्वसत्तावादका विरुद्ध लड्नका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई देउवाले आग्रह गरे। ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले। अहिले ओली सरकारको कस्तो प्रजातान्त्रिक संस्कार नभएको पार्टी हो,’ देउवाले भने, ‘कम्युनिस्ट एकदलीय सर्वसत्तावाद लागु गर्न चाहन्छ।’

सरकारले झुटा नारा दिएर, जनतालाई बहकाएर आफू सत्तामा बसिरहने कुरा गरेको भन्दै देउवाले सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेको, पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेको स्मरण गरे। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.