कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 01 | 04:07 pm 2337

काठमाडौँ, साउन १६ : कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । बुधबार महानगरीय अपराध अनुसन्धान महाशाखाले काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत छन् । पाँचथर मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङ लगायतका १९ जनाको उजुरीका आधारमा महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।

बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति रु तीन लाख ५० हजार देखि रु छ लाखसम्मका दरले रु ८८ लाख ३९ हजार ठगी गरेको उजुरीका पक्राउ गरिएको हो । उनलाई काठमाडौँको माछापोखरीबाट पक्राउ गरिएको महाशाखाका प्रहरी निरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.